घरेलुबजारमै ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को कमाइ १० करोड नाघ्यो

<span class='c1'>घरेलुबजारमै ‘कबड्डी ५ : आफ्टर द फाइनल</span> <span class='c2'>म्याच’ को कमाइ १० करोड नाघ्यो</span>

काठमाडौँ । गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ ।

दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कम्जोर देखिँदा टिकाको भोलिपल्टदेखि प्रदर्शन भएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले ९ दिनमा १० करोड २० लाख रुपैयाँको कमाइ गरेको निर्माता मणिराम पोखरेलले जानकारी दिए । शनिवार काठमाडौँ उपत्यकामा फिल्म हेरेका दर्शकसँग कलाकारसहित साक्षात्कार गर्न पुगेका निर्माता पोखरेलले फिल्मले कमाइसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘हामीलाई विश्वास गरेर फिल्म हेर्न आउनु भएका दर्शक फर्किंदा सन्तुष्ट भएको पाएका छौँ । हामी दर्शक प्रतिक्रिया बुझ्न नै विभिन्न हलमा पुगिरहेका छौँ । यसले हामीलाई दर्शकसँग प्रत्यक्ष जोड्छ’, उनले भने । निर्माता पोखरेलका अनुसार कलाकारसहितको टोली मोफसल यात्रा गर्दै पोखरासहित विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गर्नेछन् । प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा बलियो पकड कायम राखेको हो ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्