मोरङको जहदाबाट १०० ग्राम बढी खैरो हेरो*इनसहित एक युवक पक्राउ

<span class='c1'>मोरङको जहदाबाट १०० ग्राम बढी</span> <span class='c2'>खैरो हेरो*इनसहित एक युवक पक्राउ</span>

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौं तथा शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङबाट १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

भारतबाट कोशी प्रदेशका विभिन्न जिल्लालाई केन्द्रित गरी लागुऔषध कारोबार गर्ने व्यक्तिहरूको निगरानी गर्ने क्रममा प्रहरीले मिति २०८३ कात्तिक १५ गते मोरङको जहदा गाउँपालिका वडा नं. २ बाट १९ वर्षीय प्रवेश कुमार राजवंशीलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको साथबाट १०० ग्राम खैरो हेरोइन र १ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका राजवंशीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझााइएको लागुऔषध नियन्त्रण ब्युरोका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ मा भएको सजायसम्बन्धी प्रावधान अनुसार बरामद भएको उक्त परिमाणको खैरो हेरोइनको कसुरमा १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्