इलाम जिल्लाको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट एक ३२ वर्षीय युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
कार्तिक १५ गते करिब ४:३० बजेको समयमा सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट घाइते भएका सुवासको गाला, टाउको र खुट्टामा गहिरो चोट लागेको छ।
घाइते सुवासलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको र हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।