अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

<span class='c1'>अगाडि जाने होडबाजीमा अनुशासन</span> <span class='c2'>उल्लङ्घन गर्दै सार्वजनिक यातायात</span>

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ ।

व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी नहाँक्ने, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिन्छ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं जिम्मेवार बन्नुका साथै ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्