इटहरीमा दुई दिने ‘प्रशिक्षक रिफ्रेसर कोर्स’ सुरु

<span class='c1'>इटहरीमा दुई दिने ‘प्रशिक्षक</span> <span class='c2'>रिफ्रेसर कोर्स’ सुरु</span>

विराटनगर । आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै इटहरीमा दुई दिने ‘प्रशिक्षक रिफ्रेसर कोर्स’ सुरु भएको छ। सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको सो अभिमुखीकरण तालिम कात्तिक १९ र २० गते सञ्चालन हुनेछ। 

कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले १० औँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशका तर्फबाट अधिकतम पदक जित्न प्रशिक्षकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए। सोही उद्देश्यका साथ प्रशिक्षकहरूको क्षमता अभिवृद्धि र खेल कौशललाई अद्यावधिक गराउन यो अभिमुखीकरणको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

दुई दिनसम्म चल्ने उक्त तालिममा खेलकुद विज्ञहरू तथा प्रशिक्षकहरू पार्थ सारथी सेन गुप्ता, सुशील नरसिंह राणा र नारायणबहादुर प्रधानले खेल विज्ञान, प्रतिस्पर्धा तयारी, मोटर एबिलिटी, ट्रेनिङ लोड र स्पोर्ट्स मोटिभेसन लगायतका विषयमा सहजीकरण गरिरहेका छन्। विमल पोखरेल प्राविधिक संयोजक रहेका यो कार्यक्रम कात्तिक २० गते अपराह्न ३:०० बजे समापन हुने कार्यतालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्