सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट विराटनगरका दुई युवाको ज्यान गएको छ। शनिबार राति करिब ११ः५० बजे इटहरी–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा विराटनगरका २७ वर्षीय इस्पस अर्याल र २८ वर्षीय सास्वत पोखरेलको मृत्यु भएको हो।
गम्भीर घाइते दुवैलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले राति १२ः११ बजे नै मृत घोषणा गरे। एउटै दुर्घटनामा दुई युवा गुमाउँदा विराटनगर शोकमा परेको छ।
दुर्घटनापछि फरार भएका ट्रक चालकलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।