विराटनगरमा अब राती २ बजेसम्म होटल व्यवसाय खुल्ने

<span class='c1'>विराटनगरमा अब राती २</span> <span class='c2'>बजेसम्म होटल व्यवसाय खुल्ने</span>

विराटनगर । मोरङमा स्थानीय प्रशासनले रात्रीकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राती २ बजेसम्म सञ्चालन गर्नपाउने निर्णय गरेको छ । गत कार्तिक १४ गते स्थानीय प्रशासनले साविक १२ बजेसम्म खुलिरहेका होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पा, क्लब, लाउन्ज, डान्सबार, डिस्कोथेक र मनोरञ्जानात्मक व्यवसाय तत्काल १० बजेसम्म मात्रैसञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो ।
तर, त्यो निर्णयसँगै रात्रीकालिन होटल व्यवसायका लागि एक महिनाभित्रमा मापदण्ड तयार गर्ने समिति समेत गठन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका संयोजकत्वमा गठित समितिले कार्यविधी तयार पारेपछि त्यसमा केहि परिमार्जन गर्दै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मापदण्ड स्वीकृत गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक कोइरालाका अनुसार मापदण्ड भित्र पर्ने होटल, रेष्टराँ तथा अन्य व्यवसायले राती २ बजेसम्म खुल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्