नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको प्लेअफ आज (मंगलबार)देखि सुरु हुँदै छ । पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् ।
लुम्बिनीले शीर्ष टोलीको रूपमा क्वालिफायर्समा स्थान बनाएको हो । टोलीले लिग चरणमा ११ अंक बटुल्दै शीर्ष स्थान बनाएको थियो । सुदूरपश्चिमले दोस्रो शीर्ष टोलीको रूपमा क्वालिफायरमा प्रवेश गरेको थियो । टोलीले १० अंकका साथ क्वालिफायरमा स्थान बनाएको हो ।
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ः३० बजे हुनेछ ।
जारी सिजनमा यी दुईले दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हुन् । यसअघि लिग चरणको पहिलो खेलमा लुम्बिनीले सात विकेटको जित निकालेको थियो