रतुवामाईमा दुई महिना बित्दा पनि प्रमुख प्रशासकीय अधिकृत बिहिन ।

<span class='c1'>रतुवामाईमा दुई महिना बित्दा पनि</span> <span class='c2'>प्रमुख प्रशासकीय अधिकृत बिहिन ।</span>

रबिन्द्र बराल
विराटनगर । स्थानीय तह गठन भएको लामो समयपछि मोरङका चार नगरपालिकाले पहिलोपटक महिला उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असाेजकाे पहिलो सात एकै पल्ट ४२ जना उपसचिवको सरुवा गरेको थियोे । मोरङका चार नगरपालिकामा महिला उपसचिवलाई प्रशासनिक नेतृत्वको जिम्मेवारी दिइएको थियोे ।

तर सरुवा भएको करिब दुई महिना बितिसक्दा पनि रतुवामाई नगरपालिकामा खटाइएकी प्रमुख प्रशासकीय अधिकृत शारदा भण्डारी भने अहिलेसम्म कार्यालयमा हाजिर भएकी छैनन्। अन्य पालिकामाहरुमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतले एक साताभित्रै हाजिर भएर कामकाज सुरु गरिसकेका छन्।

तर तीन नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेर काम सुरु गरिसक्दा रतुवामाईमा भने दुई महिना बितिसक्दा पनि पदाधिकारी हाजिर नहुनुले सरुवा कार्यान्वयन माथिन‌ै प्रश्न उठान थालेको छ । शारदा भण्डारी नआउने भए पछि उक्त ठाउँमा मन्त्रालयले मंसिर २ गते पुनः परिपत्र गर्दे चन्द्रकला चाैलागाई ओली लाई उक्त स्थानमा पठाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्