नोबेल शिक्षण अस्पतालमा २० वटा अत्याधुनिक मोडुलर ओटी सञ्चालनमा

<span class='c1'>नोबेल शिक्षण अस्पतालमा २० वटा</span> <span class='c2'>अत्याधुनिक मोडुलर ओटी सञ्चालनमा</span>

विराटनगर । विराटनगर–४, कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले शल्यक्रिया सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले २० वटा अत्याधुनिक मोडुलर अपरेशन थिएटर (मोडुलर ओटी) सञ्चालनमा ल्याएको छ।


अस्पतालले बुधबार एक कार्यक्रम विच अत्याधुनिक मोडुलर ओटीको औपचारिक उद्घाटन गरि संचालनमा ल्याएको हो । नोबेल शिक्षण अस्पतालका संचालक सुनिल शर्माका आमा बुबा होमादेवी न्यौपाने र होमबहादुर न्यौपानेले मोडुलर अपरेशन थिएटर रिवन काटेर उद्धाटन गरेका थिए । अस्पताल परिसरमा निर्माण गरिएका २० वटा ओटी विभिन्न प्रकृतिका शल्यक्रियालाई लक्षित गरी विशेष संरचना र प्रविधिसहित तयार पारिएका हुन् । एउटै संरचनाभित्र विभिन्न प्रकारका शल्यक्रिया गर्न सकिने गरी निर्माण गरिएका यी ओटीले अस्पतालको शल्यक्रिया सेवालाई थप व्यवस्थित र विरामीको लागि प्रभावकारी हुने नोवेल शिक्षण अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी डा. अमित भट्टराई जानकारी दिए ।


आधुनिक प्रविधि र उच्चस्तरीय पूर्वाधारसहित निर्माण गरिएका मोडुलर ओटीमा शल्यक्रियाका क्रममा आवश्यक स्वच्छता, संक्रमण नियन्त्रण तथा बिरामीको सुरक्षालाई विशेष प्राथमिकता दिइएको उनले बताए । अत्याधुनिक मोडुलर ओटीले शल्यक्रियाको गुणस्तर अभिवृद्धि गर्नुका साथै जटिल प्रकृतिका शल्यक्रियासमेत थप सहज र सुरक्षित रूपमा गर्न सहयोग पुग्ने विश्वास अस्पतालको छ ।


पछिल्लो समय स्वास्थ्य उपचारका लागि विदेशिने बिरामीको संख्या बढिरहेको सन्दर्भमा स्वदेशमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य पूर्वाधार र सेवा विस्तार गर्ने प्रयासस्वरूप नोबेलले नयाँ प्रविधि भित्र्याएको अस्पतालले जनाएको छ । अस्पातलले उद्धघाटनको दिनबाट नै विरामीको अप्रेशन सुरु गरेको छ । २० वटा अत्याधुनिक मोडुलर ओटी सञ्चालनमा आएसँगै नोबेल शिक्षण अस्पतालको शल्यक्रिया सेवामा थप क्षमता र गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्