विराटनगरका ३४ ओटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन आह्वान

<span class='c1'>विराटनगरका ३४ ओटा सामुदायिक विद्यालयमा</span> <span class='c2'>प्रधानाध्यापक नियुक्तिका लागि आवेदन आह्वान</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग गरेको हो ।

महानगरपालिकाले मंसिर ८ गते पहिलोपटक प्रकाशित गरेको सूचनाअनुसार माध्यमिक तहका १६ वटा विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, महानगरपालिकाले १५ वटा आधारभूत तहका विद्यालयहरूको विवरणसमेत सार्वजनिक गरेको छ ।

शैक्षिक गप्रशासन महाशाखाका प्रमुख राम प्रसाद ढुगेलका अनुसार माध्यमिक तहको प्रधानाध्यापक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । तर, शिक्षाशास्त्र विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेका शिक्षकसमेत उम्मेदवार बन्न सक्नेछन् ।

त्यसैगरी, आधारभूत तहको प्रधानाध्यापक पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेका शिक्षकले पनि उम्मेदवारी दिन पाउनेछन् ।

आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्थायी नियुक्ति तथा बढुवा नियुक्तिपत्र, विद्यालय विकास प्रस्ताव र तालिम तथा अनुभव खुल्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

महानगरपालिकाले सम्बन्धित विद्यालयमा कार्यरत योग्य स्थायी शिक्षकलाई प्राथमिकतासहित आवेदन दिन सक्ने व्यवस्था गरेको छ । तर, सम्बन्धित तहमा स्थायी शिक्षक कार्यरत नरहेका तोकिएका विद्यालयमा भने महानगरपालिकाभित्रका अन्य विद्यालयमा कार्यरत योग्य स्थायी शिक्षकले समेत आवेदन दिन सक्नेछन् ।

छनोट भएका उम्मेदवारले नियुक्तिपूर्व महानगरपालिकासँग अनिवार्य रूपमा कार्यसम्पादन करार गर्नुपर्ने सूचनामा उल्लेख छ । साथै, म्याद नाघी तथा रीत नपुगी पेस भएका दरखास्तमाथि कुनै कारबाही नहुने जनाइएको छ ।

दरखास्त दिने अन्तिम मिति मंसिर २३ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्