मधेशका प्रदेश प्रमुख कर्णलाई कोशीको समेत कार्यभारको जिम्मेवारी

<span class='c1'>मधेशका प्रदेश प्रमुख कर्णलाई</span> <span class='c2'>कोशीको समेत कार्यभारको जिम्मेवारी</span>

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोकेका छन् ।

कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेशका प्रमुखलाई कोशी प्रदेशको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।

यसअघिका प्रदेश प्रमुख परशुराम खापुङ ५ वर्षे कार्यकाल पूरा गरी बिदाइ भएसँगै कोशीमा यो पद रिक्त थियो । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपतिले कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्