विराटनगर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल (फुल कोर्ट ५×५) मा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३५–७ को फराकिलो अन्तरले पराजित गरेको छ।
यस जितसँगै कोशी प्रदेश समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। कोशीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।