एक्स्ट्रिम इनर्जी ड्रिंकको ‘विन्टर अफर’ सार्वजनिक, क्यूआर स्क्यान गरी सुनको क्यान जित्ने अवसर

<span class='c1'>एक्स्ट्रिम इनर्जी ड्रिंकको ‘विन्टर अफर’ सार्वजनिक, क्यूआर</span> <span class='c2'>स्क्यान गरी सुनको क्यान जित्ने अवसर</span>

विराटनगर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि सुनको क्यान उपहार जित्न सकिने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले उपभोक्ता लक्षित ‘विन्टर अफर’ नामक उपहार योजना बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ६ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् । क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको विस्तार र उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । उपहार योजनामा सहभागिताका लागि कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ । उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । कोड स्क्यान गरेपछि खुल्ने विवरण फारम भरेर दर्ता गरेसँगै उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुनेछन् ।

प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत प्रत्यक्ष ‘लक्की ड्र’ आयोजना गरी भाग्यशाली विजेताहरूको घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सुरु गरिएको यस अभियानले बजारमा थप उत्साह जगाउने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्