विराटनगर विमानस्थलमा झिसमिसेमै चितुवा प्रजातीको जनावर देखियो, खोजतलास गर्दा भेटिएन

<span class='c1'>विराटनगर विमानस्थलमा झिसमिसेमै चितुवा प्रजातीको</span> <span class='c2'>जनावर देखियो, खोजतलास गर्दा भेटिएन</span>

विराटनगर । विराटनगर विमानस्थलमा शुक्रबार बिहानै झिसमिसेमा चितुवा जस्तो देखिने जनावर प्रवेश गरेपछि खोजतलास र सावधानीमा विशेष चासो राखिएको छ । बिहानै पश्चिमतर्फको उखुबारीबाट एउटा चितुवा प्रजातीको जनावर प्रवेश गरेको जस्तो लागेपछि खोजतलास जारी राखिएको हो ।

नेपालको तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रका जङ्गलहरूमा सबैभन्दा व्यापक रूपमा पाइने बिरालो प्रजातिमा चितुवा पर्दछ । बिरालो परिवारका ठूला जनावरमध्ये यो सबैभन्दा अनुकूलनशील हुने बताइएको छ ।

विराटनगर विमानस्थलका प्रमुख सुवास झाका अनुसार बिहान यकिन गर्न नसकिने किसिमको जनावर प्रवेश गरेको देखिएको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत टोलि परिचालन भएर खोजतलास गर्दा भेटिएन । ‘ठ्याक्कै देखिएको हैन, झिसमिसेमा हो की जस्तो लागेको हो’ विमानस्थल प्रमुख झाले भने–यताउता धेरै खोज्दा पनि भेटिएन तर सावधानी चाँहि अपनाईरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्