विराटनगरमा भारतीय गाडीको ठक्करबाट एकजनाकाे मृत्यु

<span class='c1'>विराटनगरमा भारतीय गाडीको</span> <span class='c2'>ठक्करबाट एकजनाकाे मृत्यु</span>

विराटनगर-३ स्थित दूध फारम नजिकै सोमबार भारतीय लहारीको टक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ।
विराटनगर - ईटहरी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको एन एल ०१- एल ६०६३ नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जादै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकल चालक विराटनगर-३ बस्ने अन्दाजी २६ बर्षिय उत्सव पोख्रेललाई ठक्कर दिएको थियो।
बेलुका ८ बजे भएको उक्त दुर्घटनामा गम्भिर घाइते भएका उत्सवको कोशी अंचल अस्पतालमा उपचारको क्रममा ८;५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने लहरीका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्