विराटनगरकाे भृकुटि चाैकमा आगलागी, १० लाख बराबरको क्षति

<span class='c1'>विराटनगरकाे भृकुटि चाैकमा आगलागी,</span> <span class='c2'>१० लाख बराबरको क्षति</span>

मोरङको विराटनगर महानगरपालिका-७ भृकुटी चौकमा गयराती अागलागी भएकाे छ । त्यस स्थानमा निर्माणाधिन अवस्थामा रहेको ओमेगा हाउजिङ भवन निर्माणको गोदाममा विहीबार आगलागी भएको छ ।
उक्त गाेदाम व्यपारी प्रकाश मुन्डाले संञ्चालन गरेको प्रहरीले जनाएकाे छ । उक्त भवनको गोदामममा बेलुका ९ बजेतिर अागलागी हुन सुरू भएकाे बताइएकाे छ । अागलागी विधुत सर्ट भएर भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट भवन निर्माण गर्ने सिमेन्ट, केमिकल र डिजेल लगायतका सामाग्री जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ ।
आगलागी भएकाे खबर पछि तत्काल दमकल र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीको टोली घटनास्थलमा पुगेकाे थियाे । दमकल, प्रहरी र स्थानियवासीको सहयोगमा अागाेलाइ नियन्त्रणमा लिन करिब १ घण्टा लागेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्