विराटनगर असार १२, स्थानीय तहको निर्वाचनको कारण सिमा नाका ४ दिन बन्द हुनेभएको छ । मोरङ विराटनगर स्थित भारत नेपाल नाका बन्द हुने भएको हो । नाका आज विहान ६ बजेदेखि असार १५ गते विहान ६ बजेसम्म नाका बन्द हुने भएको हो । नाका बन्द गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारी विच सहमति भएको छ । मोरङ जिल्लामा मात्रै ६३ किलोमिटर सिमा क्षेत्र भारतसंग जोडिएको छ ।