बिराटनगरमा सिसि टिभी राखेर मतगणना गर्ने तयारी

<span class='c1'>बिराटनगरमा सिसि टिभी राखेर</span> <span class='c2'>मतगणना गर्ने तयारी</span>

सुमन तिम्सिना मोरङ, असार १४ - मोरङको विराटनगर महानगरपालिकामा मतपेटिका संकलन सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतपेटिका सङ्कलन गरी आदर्श उच्च माविमा ल्याइँदै छ ।

अहिले सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बैठकमा बिहीबार बिहान ७ बजेदेखि मतगणना गर्नेबारे छलफल हुँदै छ । पहिलो चरणको चुनावमा विभिन्न ठाउँमा भएका घटनालाई ध्यान दिएर विराटनगरमा मतपेटिका राखिएको ठाउँमा सीसी टिभी जडान गरिएको हो ।

बिहीबारबाट मतगणना गर्ने तयारी गरिएको र मतगणना पनि सीसी टिभीकै निगरानीमा गरिने विराटनगर महानगरपालिकाका निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिनुभयो । मतदाताको सङ्ख्या ६ हजार भन्दा धेरै भएका पुसेट, शिक्षा मतदान केन्द्र र कञ्चनबारीसहित ७ वटा मतदान केन्द्रमा भने अहिले पनि मतदान भएको भइरहेको छ । यी केन्द्रमा मतदान सकिन राती ८ बज्ने अनुमान गरिएको निर्वाचन अधिकृत पोख्रेलले बताउनुभएको हो।

विराटनगरमा यस्ता मतदान स्थल सात वटा छन् । बिहान थोरै मतदाता मात्रै गए पनि दिउँसो लाइनमा बस्ने मतदाताको संख्या धेरै भएकाले राति ८ बजेसम्मै मतदान हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्