दोस्रो चरणमा निर्वाचन भएको मुलुकको एकमात्र महानगरपालिका विराटनगरमा मतगणना सुरु भएको छैन । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको भए पनि पौने १ बज्न लाग्दा समेत गणना सुरु भएको छैन ।
१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।