विराटनगरमा लखन पटवारी नाटक हुदै

<span class='c1'>विराटनगरमा लखन पटवारी</span> <span class='c2'>नाटक हुदै</span>

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुने भएको छ । साउन १ देखि १५ गतेसम्म हाटखोलास्थित नाटकघरमा सो नाटक मञ्चन हुन लागेको हो । लोककथालाई रंगकर्मी प्रविण खतिवडाले नाट्य रुपान्तरण र निर्देशन गरी तयार पारिएको नाटक ‘लखन पटवारी’मञ्चन हुन लागेको आयोजक आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । उक्त नाटक हालै इलाममा सम्पन्न राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको थियो । प्रत्येक दिन साँझ ५ बजे मञ्चन गरिने नाटकको टिकट दर २००, ३०० र र ५०० तय गरिएको र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नाटकको विषयवस्तु र कलाकारको अभिनय सशक्त भएकाले दर्शकले इलाममा सो नाटक अत्यन्तै मन पराएको निर्देशक खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्