सुनसरी, साउन १० , सुनसरीको हरिनगरा गाउँपालिका १ मा आज राती आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ।
राती साढे १ बजे तिर सोही गाउँपालिका बस्ने फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा टिनको छानो , टाटीको बेरा लगाएको २ वटा घर ९ वटा चौपायाको जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको छ।
उक्त आगलागी पनेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।