भलिवल खेललाई राज्यले वेवस्ता गर्यो

भलिवल खेललाई राज्यले वेवस्ता गर्यो

सरोज लम्साल
विराटनगर १० साउन । विराटनगरमा कुनैबेला भलिबल खेल खेलाडीहरुको लागी प्रख्यात मानिन्थ्यो तर पछिल्लो समय आएर भलिवलको लोकप्रियता हराउदै गएको खेलाडी विज्ञहरुले गुनासो गरेका छन् ।
जिल्ला भलिवल संघ मोरङले आज विराटनगरमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् । भलिवल खेललाई राज्यले नै वेवास्ता गरेको पूवाअञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताए । राज्यले नै यसरी वेवस्ता गरेपछि खेलकुद क्षेत्रमा खेलाडीहरुलाई खेलविहीन बनाएर राख्नुपरेका गुनासो गरे ।
भलिवल खेल विराटनगरमा प्राय हरेक महिना जस्तो हुने गरेता पनि पछिल्लो समय भलिवल भन्ने खेल नाममा मात्र सिमित भएको भलिवल प्रशिक्षक विरेन्द्र चौधरीले बताए ।  कार्यक्रममा प्यापसन मोरङका खेल विभागिय प्रमुख प्रेम सुवालले विद्यार्थीहरुलाई खेल क्षेत्रमा अगाडी बढाउनका लागी भलिवल पोख्त प्रशिक्षकहरुले स​शुल्क प्रशिक्षण दिनुपर्ने बताए । विद्यार्थीहरुले सानै देखि खेल क्षेत्रमा योगदान पुर्याउन सके भविष्यमा राष्ट्रिय खेलाडीको रुपमा चिनिन सक्ने बताए । कार्यक्रममा भलिवल खेलाडी, सञ्चारकर्मी तथा पूर्वा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्