बिराटनगरको सार्वजनीक सुनुवाइ

बिराटनगरको सार्वजनीक सुनुवाइ

बिराटनगर उपमहानगरपालीकाले सर्वसाधरणको समस्याको सुनुवाइ गर्ने उद्देश्यले शुक्रवार सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ आर्थीक वर्ष र नगरपालीइकाको नगरपरिषद बस्ने बेलामा गरिएको सार्वजनीक सुनुवाइले नगरवासिहरुका समस्याको सम्वोधन आगामी वर्षको वजेटमा समेटन सजिलो हुने भएकाले सार्वजनीक सुनुवाए गरिएको बताइएको छ ।
सार्वजनीक सुनुवाइमा बोल्ने सर्वसाधारणहरुले विकाश निर्माणमा कम वजेट छुटयाउने गरेको ,वाटो विग्रीएपनि वास्ता नगरिएको ,फोहरको समस्या बढेको लगायतका विषय उठाएका थिए ।उनीहरुले फोहरको ब्यबस्थापन गर्नुपर्ने ,नाला सफा नीयमीत गर्नुपर्ने विकासवजेट बढाउनुपर्ने , खानेपानीको ब्यबस्था गर्नुपर्ने कर्मचारि थप गरि नगर क्षेत्रलाइ व्यवस्थित गर्नुपर्ने लगायत विषय उठाएका छन | सर्वसाधारणको जिज्ञासाहरु नगरपालिकाका सम्बन्धित शाखाका प्रमुखहरुले  समाधान गरेका थिए |कार्यक्रममा तारा शर्मा,एकृकीत नेकपा माओवादीका रामचन्द्र महत्व,नेपाली काग्रेशका भिम पराजुली, एमालेका बाबुराम कार्की,फोरमका रमेश दास , तारा निरौला सरकारी कार्यलयका प्रमुखहरु ल्गायतले बोल्नुभएको थियो , कार्यक्रममा समग्र नगरको विकास र ब्यबस्थापनका विषयहरु उठाइएका थिए , कार्यक्रमको अध्यक्षता नगरपालीकाका कार्यकारी अधिकृत रामधिन यादवले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्