अवैध काठ र ट्याक्टर सहित २ पक्राउ

<span class='c1'>अवैध काठ र ट्याक्टर</span> <span class='c2'>सहित २ पक्राउ</span>

मोरङ्गको रंगेली बाट गएराती प्रहरीले तिन ट्रयाक्टर काठ सहित दुई जना लाई पक्राउ गरेको छ ।
चार कोषे जङ्गल बाट अवैद्ध तरिकाले रुख कटान गरी भारत तर्फ लैजान लागेको अव्स्थामा उनि हरु लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
पक्राउ पर्नेमा रंगेली २ का महेन्द्र साह र अमरदह ७ का मनोज यादव रहेका छन । तिन वटा ट्रयाक्टरमा सखुवा तथा सिसौका गोलीया काठ राखेर अवैद्ध तरिकाले भारत तर्फ लान खोज्दा प्रहरीले चेकजाचको क्रममा ट्रयाक्टर सहित दुवै जना लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक घजेन्द्र कार्कीले बताउनु भयो झण्डै १० लाख मुल्य पर्ने सो काठ तिनै वटा ट्रयाक्टर तथा पक्राउ परेका दुवै जना लाई आज जिल्ला बन कार्यालय मोरङ्गमा बुझाईको पनी प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्