चलचित्र ‘रानी’को टिजर सार्वजनिक (भिडियो)

<span class='c1'>चलचित्र ‘रानी’को टिजर</span> <span class='c2'>सार्वजनिक (भिडियो)</span>

चलचित्र ‘रानी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसँगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसँग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमा गीतका केही दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ ।

फिल्ममा अनुप विक्रम शाही पनि छन् । उनी फिल्ममा एन्टागोनिस्ट छन् । त्रिकोणात्मक प्रेमकथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले छायांकन गरेका हुन् ।

फिल्ममा विजय घिमिरेको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ । विमलमान गुभाजुको निर्माण रहेको यो फिल्म आउँदो कात्तिक २ मा रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=23iz0oi1kHk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्