मोरङका राजनीतिक दललाई आचारसंहिता विपरितका प्रचार सामाग्री हटाउन २४ घण्टे अल्टिमेटम

<span class='c1'>मोरङका राजनीतिक दललाई आचारसंहिता विपरितका प्रचार</span> <span class='c2'>सामाग्री हटाउन २४ घण्टे अल्टिमेटम</span>

विराटनगर, मंसिर ६ – मोरङका राजनीतिक दललाई निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा टाँगिएका तुल, ठूला ब्यानर तथा प्रचार सामाग्री हटाउन निर्वाचन आयोगले २४ घण्टे अल्टिमेटम दिएको छ ।

मोरङका धेरै स्थानमा निर्वाचन आचारसंहिता विपरितका सामाग्रीहरु राखिएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएर यस्तो अल्टिमेटम दिएको हो । मुख्य निर्वाचन अधिकृत राजुक्ुमार खतिवडाले निर्वाचन आचारसंहिता कार्यान्वयन गराउनको लागि कसैले दवाव दिनु पर्ने अबस्था राजनीतिक दलहरुमा आउनु नहुने भन्दै दलहरु चुनावको समयमा आचार संहिताको बिषयमा आफै जानकारी हुनु पर्नेमा त्यसो नभएको पाइएपछि आचारसंहिता विपरित राखिएका सामाग्री हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनको बिषयमा धेरै उजुरीहरु आउन थालेपछि दलहरुलाई बोलाएर सार्वजनिक स्थलमा टाँगिएका दलका ब्यानर, फ्लेक्स, होर्डिङबोर्ड लगायतका सामाग्री हटाउन भनिएको हो । त्यहीअनुसार दलहरुले पनि २४ घण्टाभित्र ती सामाग्री हटाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । यसरी निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस बढी रहेको र त्यसपछि एमाले तथा माओवादी केन्द्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्