केहि साता देखि सामाजिक संजालमा "मङ्सिर ८ गते नेपाल बन्द" भनेर एउटा समाचार भाइरल भैरहेको थियो । त्यहि समाचारको भरमा आज (मङ्सिर ८ ) गते नेपाल बन्दको क्षणिक प्रवाभ परेको छ । नेत्र बिक्रम चन्द नेतृतवको विप्लब माओवादीको आयोजनामा भनिएको बन्द आफ्नो पार्टीले नगरेको विप्लब माओवादीले प्रेस बिज्ञप्ति निकालेर हिजो भनि सकेपनि आज पूर्वमा बन्दको प्रवाभ परेको छ ।
आज बिराटनगरका धेरै शैक्षिक सस्था बन्द रहेका छन् भने बिराटनगरबाट छुट्ने सवारीसाधन पनि फाट्टफुट्ट चलेका छन् । महेन्द्र राजमार्गमा पनि सिमित सवारीसाधन चलेको पुर्वमा हाल रहेका हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिएका छन् । बिराटनगर बजार भने आज खुल्ला नै रहेको छ ।
हल्लै हल्लामा यसअघि पनि धेरै पटक बन्द भएको हामीले भोग्दै आएका छौ ।