हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

<span class='c1'>हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका</span> <span class='c2'>अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना</span>

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘हाम्रो देश नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको छ’, उहाँले भन्नुभयो ।

जातीय धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उहाँले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले विविध धर्म र संस्कृतिको संगमस्थलका रुपमा रहेको हाम्रो देश नेपालमा सबै धर्म, संस्कृति, समुदाय, वर्ग, क्षेत्र र लिंगको उचित सम्मान र संरक्षण गर्नका लागि नेपालको संविधानले पर्याप्त व्यवस्था गरेको छ भन्नुभयो ।

“मुस्लिल आयोगको संवैधानिक व्यवस्थाले मुस्लिम समुदायको हकअधिकारको संरक्षण, उत्थान र विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले हजरत मोहम्मद सबैको जीवनदर्शनको प्रेरणाको स्रोतका रुपमा रहिरहनुहुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा यस अवसरमा शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्