रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप, २० राउण्ड हवाइ फायर

<span class='c1'>रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच</span> <span class='c2'>झडप, २० राउण्ड हवाइ फायर</span>

रौतहट ।गएराति रौतहटको गरुडा रौतहट महमदपुरमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा बालकसहित पाँचजना घाइते भएका छन् ।झडपमा प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए ।

प्रहरीलाई मधेसवादी दलले घेरा हालेपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । ५० राउन्ड हवाइ फायर गरेको दावी स्थानीयले गरेपनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्