अवैध १० किलो सुनसहित एक व्यक्ति पक्राउ

<span class='c1'>अवैध १० किलो सुनसहित</span> <span class='c2'>एक व्यक्ति पक्राउ</span>

१७ मंसिर, काठमाडौं । रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १० किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् ।

उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याएका थिए । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पछिल्लो समय केरुङ नाकाबाट अवैधरुपमा सुन भित्रिइरहेको छ । यसअघि केरुङ नाकाबाटै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्