आचारसंहिता प्रतिकूल २ सय ५२ सामग्री सम्प्रेषण भएको पाइयो

<span class='c1'>आचारसंहिता प्रतिकूल २ सय ५२</span> <span class='c2'>सामग्री सम्प्रेषण भएको पाइयो</span>

काठमाडौं, मंसिर १७ – प्रतिनिधिसभा र प्रदेशसभा चुनाव २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २ सय ५२ सामग्री सम्प्रेषण भएको पाइएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्पे्रषण भएको पाइएको हो ।

“पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १ सय ३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मौनअवधि शुरू हुनुअघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म दुई चरणमा आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामग्रीको अनुगमन गरिएको थियो ।

त्यसक्रममा ती सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गनेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समयभन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्