“अब पुराना पार्टीलाई बिश्वास गर्न सकिन्न , त्यसैले अबको आशा बिबेकशील साझा नै हो” -अम्लेश कर्ण

<span class='c1'>“अब पुराना पार्टीलाई बिश्वास गर्न सकिन्न , त्यसैले</span> <span class='c2'>अबको आशा बिबेकशील साझा नै हो” -अम्लेश कर्ण</span>

बिराटनगर मङ्सिर १८ , आगामी मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुने मोरङ क्षेत्रर नम्बर ४ बाट विवेकशील साझा पार्टीको उम्मेदवार अमलेश कर्णले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन् । उनले बिभिन्न ठाउमा गएर मतदाता भेट्ने देखि बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्नो योजना मतदातालाई सुनाइरहेका छन् । भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सचेत नागरिक अभियान सञ्चालन, उपभोक्ता अधिकारका लागि करिब एक दशकदेखि पब्लिक फोरममा आबद्ध तथा  विज्ञापन तथा सञ्चार क्ष्ँेत्रमा समेत विशेष दख्खल राख्दै आएका कारणले आफुले काम गर्न सक्ने भएकाले जनताले आफुलाई विश्वास गरेर मत दिने बताउछन । "सबै पुराना राजनीतिक दललाई जनताले हेरिसकेको र अब उनीहरुको भ्रममा नपरी नयाँ सोच र देश विकास गर्ने उर्जा लिएर अगाडी आएको बिबेकशील साझा पार्टीलाई जनताले भोट दिनेछन् " उनले बताए ।

बिबेकशील साझा पार्टीले मोरंग , सुनसरी र झापाका बिभिन्न निर्वाचन क्षेत्रमा आफ्नो उमेदवारी दिएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्