सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस

सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस

२१ मंसिर, दार्चुला । सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ६ मिनेट जाँदा भू्कम्प गएको हो । दार्चुला, डडेलधुरा लगायतका जिल्लाहरूमा भू्कम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भू्कम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए

करिब ५ सकेन्डसम्म भुकम्पले जमिन हलाएको थियो भने स्थानीयहरु घर बाहिर निस्किएका थिए ।

सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको भूगर्भ विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्