बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले आवर बिराटनगरलाई जानकारी दिए ।
६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको थियो ।