अर्किडको विद्यार्थीले बनाए हाइड्रोलिक वाटर पम्प

अर्किडको विद्यार्थीले बनाए हाइड्रोलिक वाटर पम्प

विराटनगर, १६ फाल्गुन । देशमा विद्यमान लोडसेडिङ समस्याले नपिरोलेको सायदै कोहि वा कुनै क्षेत्र होला । उद्योग, कलकारखानादेखि सामान्य घरहरुमा समेत विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा लोडसेडिङ झनै थामिनसक्नु हुदै गएको छ । तर अर्किड उच्च माविको कक्षा ११ मा अध्ययनरत आकाश पौडेलले बिद्युत विनानै पानीको चापबाट चल्न सक्ने क्रेनको विकास गरेका छन् । भारतको आमरा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजना र अर्किड कलेजको सह– आयोजनामा बुधबारदेखि सञ्चालन भइरहेको विज्ञान प्रदर्शनीमा आकाशले पानीको चापबाट सञ्चालन हुने उक्त हाइड्रोलिक क्रेन प्रदर्शन गरिरहेका छन् । आज विहिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा आकाशले जस्तै अन्य विद्यार्थीहरुले तयार गरेको विभिन्न विज्ञानका सामाग्रीहरुको प्रदर्शनी भइरहेको छ ।
प्रदर्शनीमा अर्किडकै विद्यार्थीहरुले तयार पारेको प्रेमको हिसाब निकाल्न सकिने ‘लभ क्यालकुलेटर’, पानी तान्ने पम्प, माटो बोक्ने एक्जाभेटरलगायता सामाग्रिहरु प्रदर्शन भइरहेको छ । अर्किडका विद्यार्थीहरु सहित भारतको आमरा कलेजका विद्यार्थीहरुले तयार पारेको मोबाइल फोनले नियन्त्रण गर्न सकिने रोबोट, हाजिरि जवाफ प्रतियोगितामा प्रयोग हुने ‘फास्टेस्ट फिङ्गर क्विज बजर’, प्लास्टिक रोड अवधारणा, ‘क्राइम रेकर्ड म्यानेजमेन्ट सिस्टम’ लगायतका सामाग्रीहरुको प्रदर्शनी भइरहेको छ ।
प्रदर्शनीको उद्घाटन बुधबार एक कार्यक्रम गरि गरिएको थियो । प्रदर्शनीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पुर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डिन प्राचार्य डाक्टर राधाकृष्ण खेरवारले गरेका थिए । उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय सदस्य शंकर भट्टराई, सुनिल श्रेष्ठ, मोरङ सल्लाहकार प्राडा यादव कोइराला, मोरङ अध्यक्ष बलराम पन्त तथा पत्रकार बिजयहरि खतिवडाले बोल्दै यस्ता प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुको मनोवल उच्च बनाइ सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञानमा पनि बृद्धि गर्ने धारणा व्यक्त गरेका थिए ।
अर्किडकै विद्यार्थी सुराजन अधिकारीले आजसम्म चल्ने प्रदर्शनीलाइ इन्टरनेटको प्रयोग गरि विश्वभर प्रत्यक्ष प्रशारण गरिरहेका छन् । उनकै समुहले प्रदर्शनीमा मनोरञ्जन दिनका लागि गेमिङ जोन र फ्रि वाइफाइ जोनसमेत बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner