लिग चरणमा बिराटनगरको शत प्रतिशत नतिजा

<span class='c1'>लिग चरणमा बिराटनगरको</span> <span class='c2'>शत प्रतिशत नतिजा</span>

पुस १०, २०७४

राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा बिराटनगर वारियर्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौं किङग्स एलेभेनलाई ८ रनले पराजित गर्दै बिराटनगरले लिग चरणमा शत प्रतिशत नतिजा हात पारेको हो ।

बिराटनगरले प्रस्तुत गरेको १ सय ४८ रनको चुनौती पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । कप्तान फरभेज महारुफले ४२ रन बनाएपनि टोलीलाई जिताउन पर्याप्त भएन । नरेश बुढाऐरले ३० सिद्धान्त लोहनीले १५ र सागर पुनले १३ रन जोडे । आयुस्मान राथले ३ तथा बसन्त रेग्मी र रामनरेश गिरीले काठमाण्डौको २–२ विकेट लिए ।

यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ४७ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा बाबर हायातले ६७, आयुस्मान राथले ३२ र कप्तान पारस खड्काले २६ रनको योगदान गरे ।

जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बिराटनगर १० अंकका साथ शीर्ष स्थानमा रहदै प्ले अफमा प्रबेश गरेको छ । चौथो हारसँगै काठमाडौं भने लिग चरणबाटै बाहिरिएको छ ।

आजै हुने दोस्रो खेलमा पोखरा राईनोज र भैरहवा ग्लाडिएर्टस भीड्ने छन् । सो खेल पनि त्रिवि मैदानमै दिउँसो १ बजेपछि सुरु हुनेछ ।

स्रोतः eKantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्