विराटनगरका सिद्धान्त लाेहनी डिभिजन टु खेल्ने प्रारम्भिक क्रिकेट टाेलीमा छनाैट

<span class='c1'>विराटनगरका सिद्धान्त लाेहनी डिभिजन टु</span> <span class='c2'>खेल्ने प्रारम्भिक क्रिकेट टाेलीमा छनाैट</span>

आइसीसी विश्व क्रिकेट लिगकाे डिभिजन टु खेल्नका लागि छनाैट भएकाे नेपाली क्रिकेट टाेलीमा विराटनगरका सिद्धान्त लाेहनी पनि परेका छन्  । फेब्रुअरी महिनामा नामिवियामा हुने प्रतियोगिताका छनाैट भएका प्रारम्भिक २१ जना खेलाडीमा उनी छनाैट भएर क्याम्पमा प्रवेश पाएका हुन् । जर्सीसँगकाे अन्तराष्ट्रिय खेलमा सिद्धान्त लाेहनीले प्रहार गरेकाे हेलिकप्टर सट नेपाली क्रिकेट प्रेमीहरू बिच निक्कै लाेकप्रिय रहेकाे छ । उनलाइ नेपाली एबि डि भिलियर्स समेत भन्ने गरिन्छ ।

पछिल्लाे समयकाे प्रदर्शन हेरेर छनाैट समितिले खराब प्रदर्शन गरिरहेका सागर पुन, विनाेद भण्डारी र महबुब अालमलाइ टाेलीमा पारेकाे छैन भने राेहित पाैडेल, अनिल कुमार साह जस्ता खेलाडीलाइ समुहमा पारेकाे छ । २१ जनाकाे समुहमा सिद्धान्त लाेहनी र कप्तान पारस खड्का सहित सरद भेषवाकर, ज्ञानेन्द्र मल्ला, बसन्त रेग्मी, अनिल कुमार साह, दिलप नाथ, दीपेन्द्र सिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजबंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, रासिद खान, सन्दिप लामिछाने, शुसन भारी, शक्ति चौचन, सोमपाल कामी र सुनिल धमला परेका छन् ।

डिभिजन टुका लागि भाेलीबाट प्रशिक्षण क्याम्प सुरू हुने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्