मकालु टेलिभिजन र आवर बिराटनगर बीच साझेदारी

<span class='c1'>मकालु टेलिभिजन र आवर</span> <span class='c2'>बिराटनगर बीच साझेदारी</span>

बिराटनगर माघ ८, पुर्वान्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजन र ओबी मिडिया द्वारा संचालित पुर्वान्चलको पहिलो अनलाइन पत्रिका आवर बिराटनगर डट नेट बीच समाचार आदानप्रदानको सम्झौता भएको छ । जसअनुसार अब मकालु टेलिभजिनमा प्रसारित समाचार अब अनलाइनमा आवर बिराटनगर  डट नेटमा पढ्न सकिने छ। यस्तै आवर बिराटनगर डट नेट साइटमा नै मकालु टेलिभिजन अनलाइन विश्वभरबाट हेर्न समेत सकिने छ ।आज एक कार्यक्रम बीच दुवै मिडिया हाउसहरुको समुह भेलामा मकालु टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक दिवस सुबेदी र ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्य सुरु गरेका हुन्  । केहि समय अघिदेखि नै मकालु टेलिभिजनका समाचार आवर बिराटनगरमा परिक्षण सवरूप प्रसारित भएको र पाठक बर्गले पनि रुचाएको कारण सम्झौता गरिएको मकालु टेलिभिजनका सीईओ दिवश सुबेदीले बताए । दुवै मिडियाले बिराटनगरलाई विश्व संग जोड्ने प्रतक्ष्य रुपमा काम गरिरहेकोले  सहकार्य गरि उक्त अभियानलाई अझ मजबुत बनाउने लक्ष्य रहेको ओबी मिडियाका निर्देशक दाहालले जानकारी दिए ।

साथै कार्यक्रममा दुवै मिडियाका समुहबीच उत्कृट समाचार दिन तथा कार्यक्रम उत्पादन गर्न अन्तरक्रिया गरिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्