विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालय छनोट ,कुन-कुन कार्यालय कहाँ? हेर्नुहोस रिपोर्ट

<span class='c1'>विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालय</span> <span class='c2'>छनोट ,कुन-कुन कार्यालय कहाँ? हेर्नुहोस रिपोर्ट</span>

विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने क्षेत्रीय कृषि निर्देशनालय भवनलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाइने भएको छ ।

प्रदेशसभा जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ । क्षेत्रीय सिँचाइ निर्देशनालयमा मुख्यसचिवको कार्यालय र निवास राखिने भएकोछ ।

विषयगत मन्त्रालय राख्न उद्योग विकास शाखा, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयका भवनलाई प्रयोग गरिनेछ ।

त्यस्तै, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय, क्षेत्रीय वन, क्षेत्रीय सहरी विकास आयोजना पनि मन्त्रालयकोरुपमा प्रयोग गरिने भएको छ ।

बाली संरक्षण कार्यालय, क्षेत्रीय पशु अन्वेषण कार्यालय तथा प्रयोगशालामा पनि मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेतले प्रदेश सरकार सन्चालनका लागि प्रशासकीय एवं मन्त्रालय राख्नका लागि आवश्यक कार्यालयहरुको छनोट गरिएको जानकारी दिए ।

सहरी विकास मन्त्रालयको टोलीले विराटनगरका १२ ओटा सरकारी कार्यालयका भवन प्रदेश सरकार सन्चालनका लागि छनोट गरेको थियो ।

टोलीले ती कार्यालयहरुको मर्मतका लागि २१ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा साढे ७ करोडमात्र निकासा भएको सहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।

कार्यालय व्यावस्थापन, मर्मत–सम्भार, सुरक्षा युनिटलगायतका संरचना निर्माण र मर्मतका लागि लागत अनुमान गर्ने काम भइरहेकाले काम सकिएलगत्तै टेन्डर आह्वान गरेर पुराना सरकारी भवनको मर्मत–सम्हार गरिने बताइएको छ ।(इमेज बाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्