गौतम बुद्ध स्कुलमा स्पोर्ट्स मिट सुरु

<span class='c1'>गौतम बुद्ध स्कुलमा</span> <span class='c2'>स्पोर्ट्स मिट सुरु</span>

विराटनगर, ११ माघ | तीन दिने ‘गौतम बुद्ध स्पोर्ट्स मिट’ २०७४ सुरु भएको छ ।

विराटनगरमा रहेको गौतम बुद्ध स्कूलमा बिहीबार एक कार्यक्रम आयोजना गरी ‘गौतम बुद्ध स्पोर्ट्स मिट’ सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन स्कूलका प्रिन्सिपल केशवलालसिंह सुवालले गरे । उक्त प्रतियोगिताको उद्घाटन गर्दै उनले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो कार्यक्रमले अहम भूमिका निभार्ह गर्ने बताए । ‘अध्ययनसँगै विद्यार्थीहरु बिच रचनात्मक क्रियाकलपले विद्यार्थीको बौद्धिकता विकास गर्दछ,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘विद्यार्थीहरुको क्षमता विकास गर्न यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा दुई दर्जन खेलहरु समावेश गरिएको छ । स्पोर्ट् मिटमा स्याक रेस, थ्री लेग रेस, सुट रेस, म्याथ रेस, १ सय मिटर दौड, ब्रस्ट ब्यालुन प्रतियोगिताहरु समावेश गरेको स्कूलले जनाएको छ ।

त्यस्तै पोटबल, तानडोरी, कक फाइटलगायतको प्रतियोगिताहरु सुरु भएको छ । नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत करिब ८ सय जना विद्यार्थीहरुले सो प्रतियोगितामा प्रत्यक्ष रुपमा भाग लिनेछन् । प्रतियोगिताको उद्घाटनपछि विद्यार्थीहरुले ¥यालीसमेत निकालेका थिए ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई स्कूलले मेडल तथा प्रमाणपत्र वितरण गर्ने गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्