प्रेम देवान आवर विराटनगर
विराटनगर १४ माघ । विश्वका अर्बपतिहरुको सूचीमा परेका उद्योगपति विनोद चौधरीले प्रदेश नम्बर १ मा सय करोडको लगानीमा उद्योग संचालनमा ल्याउने भएका छन् ।
चौधरी ग्रुपले सुनसरीको गढी गाँउपालीका २ औरावनीमा सीजी ईन्डस्ट्रियल पार्कको आईतबार औपचारीक रुपमा सिलान्स गर्दै नमुना युक्त उद्योग संचालनमा ल्याउने भएको हो । औद्योगिक ग्रामको उपप्रधान मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेका छन् ।
[caption id="attachment_46425" align="aligncenter" width="1131"] चौधरी ग्रुपले सुनसरीको गढी गाँउपालीका २ औरावनीमा सीजी ईन्डस्ट्रियल पार्कको आईतबार औपचारीक रुपमा सिलान्स गर्दै उपप्रधान मन्त्री विजयकुमार गच्छदार लगायत विनोद चौधरी ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]
उद्योग क्षेत्रको लागी मास्टर प्लान अन्र्तगत पहिलो फेजमा करिब १ सय करोडको लगानी वाई वाई चाउचाउ फेक्ट्रीको संचालन गरिने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।
चौधरीले भने ‘अबको निकास आर्थिक क्रान्ती भएका कारण एक नम्बर प्रदेशमा एउटा नमुना युक्त उद्योग संचालन गर्नेछौ ।’ ‘२१ शौ गतिशिल उद्योग संचालन गरि लगभग ५ सय जनालाई रोजगारी प्राप्त गर्न सक्ने छन् । चौधरीले भने ,हामीले एक नम्बर प्रदेशमा उद्योग खडा गरिदिएका छौ अब यसका लागी प्रदेश सरकारले पनि सहयोग गनुपर्छ ।’ उद्योग एक्लैले मात्र केही गर्न नसक्ने भएका कारण एक नम्बर प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । उक्त क्षेत्रमा १० वटा उद्योगहरु स्थापना हुने जनाइएको छ ।
[caption id="attachment_46428" align="aligncenter" width="1280"] चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी सीजी ईन्डस्ट्रियल पार्क शिल्यनास कार्यक्रममा सम्बोधन गर्दै ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]
शिल्यनास कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योगको विकासले यस क्षेत्रको मात्रै नभएर एक नम्बर प्रदेश कै आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
राजनितिक अस्थिरताको अवस्था अब नरहेको बताउँदै उनले अब सात वटै प्रदेशले आर्थिक रुपमा प्रतिष्पर्धा गर्दै अगाडि बढ्नु पर्ने उहाले बताए । त्यस्तै उपप्रधान मन्त्री विजयकुमार गच्छदारले यस्ता औद्योगिक ग्रामहरुले त्यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा ठुलो टेवा पुर्याउने बताए ।
विकराल बन्दै गएको बेरोजगारीको समस्या समाधानका लागि यस्ता औद्योगिक ग्रामहरुले ठुलो भुमिका निर्वाह गर्ने गच्छदारले बताए ।
[caption id="attachment_46426" align="aligncenter" width="1280"] चौधरी ग्रुपले सुनसरीको गढी गाँउपालीका २ औरावनीमा सीजी ईन्डस्ट्रियल पार्कको आईतबार प्रमुख अतिथी बनेर आएर्का उपप्रधान मन्त्री विजयकुमार गच्छदार मञ्चमा निन्द्रमा मस्त ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]
विनोद चौधरी फोर्ब्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिहरुको सूचीमा पर्ने एक मात्र नेपाली हुन् । फोर्ब्सका अनुसार चौधरीले अधिकांश सम्पत्ति बिदेशका बिभिन्न ब्यबसायमा गरेकत्त लगानीबाट जोडेका छन् । नेपालको नविल बैंकमा उनको मुख्य सेयर छ भने वाईवाई चाउचाउ पनि उनको कमाईको मुख्य स्रोत हो ।
कहिल्यै पनि कलेज नगएका चौधरीले ४० बर्ष पहिले टेक्सटाइल उद्योगमार्फत् ब्यापारमा प्रवेश गरेका थिए । नेपाल र बिदेशमा आफ्नो ब्यापारिक साम्राज्य फैलाइरहेका चौधरीका तीन छोराहरु निर्वाण, राहुल र बरुणले उनको ब्यबसायिक विस्तारमा सहयोग गरिरहेका छन् ।