धनकुटाको निगाले सिमेन्ट उद्योग बन्दको माग (पत्रपत्रिका)

<span class='c1'>धनकुटाको निगाले सिमेन्ट उद्योग</span> <span class='c2'>बन्दको माग (पत्रपत्रिका)</span>

धनकुटा, २० माघ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा रहेको निगाले सिमेन्ट उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा थप प्रर्दशन गरेका हुन् । गत साता उद्योगका सञ्चालक दिनेश पौडेल माथि कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा छथर जोरपाटी ६ का इन्द्र घिमिरे र भक्तबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिसरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए । सोही समयमा उद्यमी पौडेल माथि आक्रमण भएको थियो । उद्योग संचालन नहुँदा देखि नै आन्दोलन गरि रहेका स्थानीयको मागलाई वेवास्ता गर्दै संचालित उद्योगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्न थालेको छ। खानेपानी प्रद्षण भएको, बाली विगार्न थालेका, पशुपन्छि विरामी हुन थालेकाले उद्योग बन्द गर्नु पर्ने स्थानीय भिष्म गुरुङले बताए । सिमेन्ट उद्योगबाट निस्कीएको धुलोको असरका कारण स्थानीयले चियापत्ति टिप्न छाडेका छन् ।
पक्राउ गरिएकालाई रिहाई गरिनु पर्ने तथा उद्योगबाट निस्किएको धूलोका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्ने प्रविधि नराखेसम्म आन्दोलनलाई जारी राखिने आन्दोलन समितिका संयोजक दिपक गुरुङले बताए । स्थानीयबासीले सिमेन्ट उद्योगको मुल गेटमा प्रदर्शन जारी राखेका छन् । स्थानीयले आन्दोलनलाई चर्काएर उद्योगमा तालाबन्दी गरेका छन् । उद्योग परिसरमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । (आजको नागरिक पुर्वेलीमा खबर छ । )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्