राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, विरेन्द्र सभागृह मतदान स्थलबाट ३ सय ६६ जनाले मतदान गर्ने

<span class='c1'>राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, विरेन्द्र सभागृह मतदान</span> <span class='c2'>स्थलबाट ३ सय ६६ जनाले मतदान गर्ने</span>

सुमन सुस्केरा, २३ माघ ।
भोली हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा भएको हो । निर्वाचनको तयारी पुरा भएसँगै भोलीको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयले  तयारीलाई तिब्र बनाएको छ । तिन सय ६७ जना मतदाता रहेको एक नम्बर प्रदेशको विरेन्द्र सभागृह मतदान स्थलमा संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कटुवालको मृत्यु भएको कारण ३ सय ६६ जनाले मात्र मतदान गर्नेछन् ।
राष्ट्रिय सभाको निर्वाचन अन्य निर्वाचनभन्दा फरक रहेको निर्वाचन आयोगले जनाएको छ । अन्य निर्वाचनमा मतदाताले स्टाम्पप्याड र स्वस्तिक चिन्ह प्रयोग गर्दै आएकोमा यो निर्वाचनमा रेजा चिन्ह लगाएर भोटहान्नु पर्ने एक नम्बर प्रदेशका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उप–प्रमुखको छुट्टा छुट्टै मतदान केन्द्र हुनेछ ।
क्ष्ोत्रीय निवाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्य विचको मतपत्र समेत फरक हुने जानकारी दिए । ‘यो निर्वाचनमा रातो र हरियो गरी दुई किसिमको मतपत्र हुन्छ , उनले भने, हरियोमा प्रदेश सभा सदस्यले भोट हाल्नेछन् भने रातो मतपत्रमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले भोट हाल्नेछन् ।’
यसरी हालिएको मतको मतभार समेत फरक हुनेछ । स्थानीय तहको मतभार १८ र प्रदेशसभाको मतभार संख्या ४८ रहने ब्यवस्था गरिएको छ । त्यसैको आधारमा बुधवार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मतदान गर्ने ब्यवस्था मिलाईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  एक नम्बर प्रदेशमा ३६७ जना मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ९३ जना र स्थानीय तहका अध्यक्ष उपाध्यक्ष २ सय ७३ जना छन् ।
यि सबै निर्विरोध : राष्ट्रिय सभामा निर्वाचनमा १ नम्वर प्रदेशबाट ६ जना निर्विरोध निर्वाचित भईसकेको छन् । राष्ट्रिय सभा निर्वाचनमा ३ जना महिला समुह र ३ जना अन्य समुहबाट निर्विरोध निर्वाचित भईसकेका हुन । निर्विरोध निर्वाचन हुनेमा महिला कोटाबाट एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र काँग्रेसकी सरिता प्रसाई (झापा)का रहेका छन् । अन्य समुहबाट निर्वाचित हुनेमा एमालेका पर्शुराम मेघी गुरुङ (संखुवासभा), हरिचरण सिवाकोटी (झापा) र नेपाली काँग्रेसका रमेशजंग रायमाझी (मोरङ) पनि  निर्विरोध  निर्वाचित भईसकेका हुन ।

यी दुईमा चुनाव : प्रदेश नम्बर १ मा अल्पसंख्याक, दलित र अपाङगता भएका समुहमा मात्र निर्वाचन हुने छ । मतदाताले भोट हाल्नको लागि पनि उम्मेदवरा थोरै भएको कारण सजिलो हुने छ । निर्वाचन अधिकृतको कार्यालयले भोली नै ४ बजे देखि मत गणना शुरु गरेर ६ बजे सम्म परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्