जिसस मोरङले संसदीय दललाई पुरानो प्राबिधिक कार्यालयको भवन दिने

<span class='c1'>जिसस मोरङले संसदीय दललाई पुरानो</span> <span class='c2'>प्राबिधिक कार्यालयको भवन दिने</span>

विराटनगर, २५ माघ ।

जिल्ला समन्वय समितिको बोर्ड बैठकले संसदीय दलको कार्यालयको लागि दिईने कोठाको बिषयमा निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति मोरङमा बसेको बोर्ड बैठकले जिल्ला समन्वय समिति परिसरमा रहेको पुरानो जिल्ला प्राबिधिक कार्यालयको भवनको कोठाहरुलाई संसदिय दलको कार्यालय राख्न दिने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले अहिलेको अबस्थामा समन्वय समितिको भुईतलालाई सभामुख उपसभामुख तथा सचिवालयको रुपमा दिने निर्णय गरेको जानकार दिए ।
जनताको प्रत्यक्ष सरोकार रहने कार्यालयको हललाई प्रदेश सभाको संसदहलको रुपमा स्थापित गरेको बिषयमा असन्तुष्ट रहेका समन्वय समितिका पदाधिकारीहरुले भुईतला बाहेकका अन्य कोठा कुनैहालतमा प्रयोग गर्न नदिने अडान कसेका छन् । प्रमुख पोखरेलले भने, हामीले हाम्रो कार्यालयमा आउने सेवाग्राहीलाई कुनै असर नगर्ने सर्तमा मात्र कार्यालयको सभाहल ससिदिएका हौ । बिहिवार बसेको जिल्ला समन्वयसमितिको बैठकले गरेको निर्णय पनि तत्कालको लागि झारो टार्ने मात्र काम भएको देखिन्छ ।
दुई बर्ष अघि मात्र साविकको जिल्ला विकास समितिको कार्यालय स्थानीय विकास अधिकारी नारायण मैनाली हुँदा जिल्ला प्राबिधिक कार्यालय भवन पुरानो भएको भन्दै जिल्ला समन्वय समितिको प्रशासनिक भवनमा सारिएको थियो । तर अहिले जिल्ला समन्वय समितिको बोर्ड बैठकले त्यही पुरानो भवनमा संसदीय दलको कार्यालय राख्न भवन दिन निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्