माओवादी केन्द्र १ नम्बर प्रदेश संसदीय दलको नेतामा टंक आङबुहाङ

<span class='c1'>माओवादी केन्द्र १ नम्बर प्रदेश</span> <span class='c2'>संसदीय दलको नेतामा टंक आङबुहाङ</span>

विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सदस्य समेत रहेका थिए। त्यस्तै माओवादी केन्द्रले ईन्द्रवहादुर आङ्बोको नेतृत्वमा प्रदेश सरकार जाने निर्णय गरेको छ ।

संसदीय दलको नेता र सरकारमा जाने ब्यक्तिको टुङ्गो लागेसँगै अब उप सभामुखको बिषयमा माओवादीले टुग्याउन सकेको छैन ।एमालेले सभामुखमा पुरुष दियो भने उसले महिलो दिने तयारी गरेको छ भने एमालेले सभामुखमा महिला दिँदा माओवादी केन्द्रले उप सभामुखमा पुरुष दिनेगरी आन्तरिक गृहकार्य गरेको मओवादी केन्द्रका प्रदेश संयोजक सावित्री कुमार काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्