हाटखोलाको आगलागी खतरनाक ! ठुलो दुर्घटना टर्यो

<span class='c1'>हाटखोलाको आगलागी खतरनाक !</span> <span class='c2'>ठुलो दुर्घटना टर्यो</span>

विराटनगर, १ फागुन
विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा धागाहरु उत्पादन गर्ने काम हुँदै आएको प्रहरीले जनाएको छ। आगलागीबाट के कतिको क्षती भएको हो विवरण नआएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकोछ ।


ट्रेडर्सका संचालक रोनियारले करिब १० लाख बराबरको क्षति भएको जानकारी दिएका छन् । आगो विराटनगर महानगरपालिकाको ३ वटा दमकलले करिव २ घन्टामा नियन्त्रणमा लिएको थियो ।
घनावस्तीमा भएको आगलागीका कारण छेउछाउमा रहेका अन्य घरहरुको सिसाका झ्यालहरु समेत क्षति पुगेको स्थानिय रोशन घिमिरेले बताए । स्थानियले बस्तीमा कवाडीको गोदाम संचालन नगर्न पटक पटक दवाव दिँदै आएको भएप्नि अटेर गरेर उक्त स्थानमा गोदाम संचालन गरेको आ रोप लगाएका छन् ।
बस्तीसँग टाँसेर कुनै पनि उद्योग, कलकारना, फोहोर ब्यवस्थापनका नाममा हुने कवाडी गोदामहरु केही टाढा संचालन गर्नु पर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्