नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे अाजकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । दबाव बिच पनि बलर करण केसीकाे उत्कृष्ट पारीकाे मदतले हातबाट गुमाइसकेकाे खेलमा नेपालले अाफुलाइ फर्काउदै जित हासिल गरेकाे हाे । हातमा कुनै पनि विकेट बाँकि नरहेकाे अवस्थामा केसीलाइ सन्दिप लामिछानेले स्ट्राइक राेटेट गरेर साथ दिइरहे ।
टस हारेर पहिले ब्याटिगंकाे निम्ताे पाएकाे क्यानडाले निर्धारित ५० अाेभर खेल्दै ८ विकेटकाे क्षतिमा १ सय ९४ रनकाे हानेकाे थियाे । क्यानडाका लागि विजेरत्नेले ८ चाैका सहित अविजित १ सय ३ रनकाे याेगदान दिए भने हम्जा तारिकले २४ ,ढिन्ड्साले १८ र साद विन जफरले १० रनकाे याेगदान दिए । अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन् । नेपालका लागि बसन्त रेग्मीले ४, सन्दिप लामिछानेले २ , सरद भेषवाकर र करन केसीले १-१ विकेट लिएका थिए ।
१ सय ९५ रनकाे टार्गेट पाएर जवाफी ब्याटीङमा अाएकाे नेपालले ६.५ अाेभरमा २२ रन पुग्दा नै लगातार ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्कालाइ गुमाउन पुग्याे । उनीहरू पर्वेजकाे बलमा अाउट भएका थिए । करणकाे ४२ रन सँगै नेपालका लागि अाेपनर दिलिप नाथले ४१, राेहित पाैडेलले २७, अारिफ सेखले २६ तथा दिपेन्द्र सिंह एेरेले १८ रनकाे याेगदान दिए । सरद भेषवाकर १ रनमा अाउट भए भने पारस खड्का र बसन्त रेग्मीले कुनै रन जाेड्न पाएनन् ।
४२.१ अाेभरमा १ सय ४४ रन हुँदै अाफ्नाे नवाैं ब्याट्समेनकाे रूपमा अारिफ शेखलाइ गुमाए पछि कमान सम्हालेका करणले सन्दिप लामिछानेसँग ५१ रनकाे साझेदारी गर्दै नेपाललाइ जित दिलाए । करणले ४ छक्का र ३ चाैका सहित ३१ बलमा ४२ रनकाे याेगदान गरे ।
खेलकाे म्यान अफ दि म्याच करण केसी भए ।
याे जितका साथ नेपाल ५ खेलमा ४ मा बिजयी हुदै ८ अंकका साथ प्रतियाेगिता टेबलमा एक नम्बरमा उक्लिएकाे छ । प्रतियाेगिताकाे फाइनल खेलमा नेपाल र भाेली युएइ भिड्नेछन् ।
यस अघि यसै प्रतियाेगिता अन्तर्गत भएकाे खेलमा नेपालले युएइलाइ ४ विकेटले पराजित गरेकाे थियाे ।
अविश्वस्निय र अविस्मरणिय खेलकाे अपडेटमा इएसपिएन क्रिकेटले लेखेकाे छ, 'प्रमाणित भएकाे छ कि नेपाली क्रिकेटकाे समर्थक हुनु मुटु राेगीका लागि खतरनाक छ' ।