पत्रकार महासंघ मोरङ्गको प्रभातफेरी कार्यक्रम

पत्रकार महासंघ मोरङ्गको प्रभातफेरी कार्यक्रम

विराटनगर, १६ चैत्र । संचार क्षेत्रले निर्धारित समयमा शान्ति र संविधान निर्माण गर्न दवाव सृजना गर्नुपर्नेमा मोरङ्गका संचारकर्मीहरुले जोड दिएका छन् । उनीहरुले नया संबिधान निर्माण नहुदा सम्म प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने भएकाले समयमै संबिधान निर्माण गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवसको अवसरमा महासंघको मोरङ्ग शाखाले आज विराटनगरमा निकालेको प्रभातफेरीपछि आयोजित कोण सभामा बोल्दै संचारकर्मीहरुले त्यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले तोकीएको समयमै शान्ति र संविधान निर्माण नभए पत्रकारहरुको पेशागत, ब्यवसायीक अधिकार सुनिश्चित हुन नसक्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य डिल्ली पोखेरेल , क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य विवेक गौतम, प्रेस युनियनका केन्द्रीय सदस्य लिलाबल्लभ घिमिरे लगायतले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner