विद्यालयमा नाटक खोज्दै सुमेरु विद्यार्थीसम्म

<span class='c1'>विद्यालयमा नाटक खोज्दै</span> <span class='c2'>सुमेरु विद्यार्थीसम्म</span>

विराटनगर,फागुन १३
आगामी जेठ ४ गते देखि विराटनगर स्थित आरोहण गुरुकुलमा आयोजना हुने अन्तर विद्यालय नाटक प्रतियोगितामा सहभागि गराउने उद्देश्यले विराटनगरको मिल्स एरिया क्षेत्रका विद्यार्थीलाई प्रारम्भिक प्रशिक्षण दिइएको छ । आइतबार सम्पन्न तिन दिने प्रशिक्षणमा मिल्स एरिया क्षेत्रका १३ वटा विद्यालयका ४६ जना विद्यार्थी सहभागि भएको सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिनुभयो ।
नाटकबारे विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सापकोटाले बताउनुभयो । उहाँका अनुसार मोरङ जिल्लाका सबै विद्यालयलाई प्रतियोगितामा समाबेश गर्ने उद्देश्यले विभिन्न ६ वटा ब्लकमा विभाजन गरी प्रारम्भिक प्रशिक्षण सञ्चालन गरिएको छ । तिन दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सहजीकरण शिल्पी थियटर काठमाण्डौंका सविन कट्टेलले गरिरहनु भएको छ ।
यो अभियान विराटनगरको पुष्पलाल चोकमा फागुन ८ गतेदेखि सुरु भएको थियो । यस्तै मोरङको सुन्दरहरैंचा, वेलवारी क्षेत्रका विद्यार्थीलाई फागुन २० देखि २२ गतेसम्म, पथरी, उर्लावारी क्षेत्रका विद्यार्थीलाई फागुन २३ देखि २५ सम्म र रंगेलीमा २८ देखि ३० गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । पहिलो चरणको प्रशिक्षण पछि नाटकमा रुची भएका विद्यार्थीहरू दोस्रो चरणको प्रशिक्षणमा सहभागि हुनेछन् । दोस्रो चरणको प्रशिक्षण चैत र वैशाख महिनाभर आयोजना गरीले सापकोटाले जानकारी दिनुभयो ।
दोस्रो चरणको प्रशिक्षणमा सहभागि विद्यार्थीहरूले विद्यालय स्तरमा नाटक निर्माण गरी जेठ ४ गतेदेखि आयोजना हुने प्रतियोगितामा विद्यालय स्तरबाट सहभागि हुने छन् । सहभागि मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने अयोजक सुमेरुकला सरोबरले जानकारी दिएको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो । सुमेरु कला सरोवरले देशका ७७ वटै जिल्लामा नाटक जागरण अभियान सञ्चालन गर्ने लक्ष लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्